प्रधानमन्त्री ओलीले लगाए प्रचण्डमाथि यी ६ आरोप काठमाडौँ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रचण्डमाथि छ आरोप लगाएका छन्। आज बालुवाटारमा प्रस्तुत प्रतिवेदनमा उनले भनेका छन्, “प्रचण्डसहित पार्टीका कतिपयबाट राजनीतिक अस्थिरता सिर्जना गर्ने, सरकारका सकारात्मक काम र उपलब्धिहरूलाई ओझेलमा पार्ने, विपक्षीलाई उछिनेर सरकारको विरोध गर्ने, जनतामा नैराश्य फैलाउने एवं नेपालको बाह्य सम्बन्धमा समस्या सिर्जना गर्ने खालका गतिविधिहरू गरिए। प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्‍वार्टर बनाए।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्