रुसी विपक्षी नेता नभाल्नीलाई जेलको अस्पताल पठाइयो काठमाडौं। रुसका विपक्षी नेता एलेक्सी नभाल्नीलाई जेलको अस्पतालमा राखिएको छ। अहिले उनको अवस्था ‘सन्तोषजनक’ रहेको अधिकारीहरुले बताएका छन्। केही दिनअघि नभाल्नीको अवस्था निकै कमजोर रहेको र उनको कुनै पनि बेला मृत्यु हुन सक्ने बताइएको थियो। आफूलाई आवश्यक स्वास्थ्यसुविधा नदिइएको भन्दै उनी मार्च ३१ देखि भोकहड्तालमा थिए। उनलाई मस्कोबाट सय किलोमिटर टाढा रहेको पोक्रोभको जेलमा राखिएको छ।(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्