एमाले पार्टी छोडर जाँदैनौं, अन्तिमसम्म लडाइँ लड्छौं : रामकुमारी झाँक्री काठमाडौं। नेकपा एमालेका नेतृ रामकुमारी झाँक्रीले एमाले पार्टीभित्र अन्तिमसम्म लडाइँ लड्ने बताएकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले झाँक्रीलगायत २७ संघीय सांसदलाई स्पष्टीकरण सोधेका छन्। स्पष्टीकरण सोधेपछि माधव समूहले आज सांसद र केन्द्रीय सदस्यको आकस्मिक बैठक बोलाएको थियो। उनले भनिन्, “व्यक्तिगत रूपमै स्पष्टीकरण दिन्छौं, स्पष्टीकरण दिन लायकको पत्र आएको छैन।” अध्यक्ष ओलीले एमालेलाई सिध्याउन खोजेको आरोप उनले लगाइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्