सभामुखको मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ। सापकोटाविरुद्धको मुद्धा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढे पनि अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइएको बताइएको छ। यसअघि पनि पटक-पटक मुद्धा पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो। माओवादी सशस्त्र संघर्षका समयमा अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा मुख्य दोषी रहेको भन्दै उनीविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो।
प्रतिक्रिया दिनुहोस्