ओलीको स्पष्टीकरणपत्रविरुद्ध माधव नेपाल समूह सर्वोच्चमा काठमाडौं। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेको विरोधमा माधव नेपाल पक्ष सर्वोच्च जाने भएको छ। पार्टीलाई विधि र पद्धतिअनुसार सञ्चालन गर्न दबाब सिर्जना गर्दा कारबाही गर्ने मनशायले स्पष्टीकरण सोधेको भन्दै त्यसलाई रोक्न माग गर्दै नेपाल पक्ष सर्वोच्च जाने भएको हो। नेता बेदुराम भुसालले अहिले छलफल भइरहेको र केहीबेरमा सर्वोच्च जाने जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्