सरकारलाई दिएको समर्थन फिर्ता लिने एकल अधिकार प्रचण्डलाई काठमाडौँ। सरकारलाई दिएको समर्थन कहिले फिर्ता लिने भन्ने सम्बन्धमा निर्णय गर्ने अधिकार नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। आज बसेको स्थायी कमिटी बैठकले प्रचण्डलाई एकल अधिकार दिएको हो। बैठकपछि पार्टी नेता नारायणकाजी श्रेष्ठले भने, “वर्तमान सरकारलाई पार्टीको समर्थन नरहेको बारेमा औपचारिक अर्थात् लिखित जानकारी कहिले दिने भन्ने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्