प्रदेश २ मा एमालेको प्रस्ताव – नाम ‘जानकी’, राजधानी ‘जनकपुरधाम’ काठमाडौं। प्रदेश २ को नाम र राजधानीबारे नेकपा एमालेले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ। आज प्रदेश २ का एमाले संसदीय दलका नेता शत्रुधन महतोले नाम ‘जानकी’ र राजधानी ‘जनकपुरधाम’ राख्न प्रस्ताव दर्ता गराएका हुन्। नेपाली कांग्रेसले भने अहिलेसम्म नाम र राजधानीबारे कुनै प्रस्ताव दर्ता गराएको छैन। सत्तारुढ जसपा र माओवादी केन्द्रले नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न प्रस्ताव दर्ता गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्