निर्वाचन आयोगले ८६ राजनीतिक दललाई सोध्यो स्पष्टीकरण
काठमाडौं। निर्वाचन आयोगले आज ८६ वटा राजनीतिक दलहरूसँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ। लेखा परीक्षण प्रतिवेदन नबुझाएका कारण ती दलहरूसँग स्पष्टीकरण मागिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। लगातार तीन आर्थिक वर्ष प्रतिवेदन नबुझाउने ४६ र नियमति रूपमा प्रतिवेदन नबुझाउने ४० वटा राजनीतिक दललाई लेखा परिक्षण प्रतिवेदन नबुझाउनुको औचित्य र चित्तबुझ्दो कारणसहित सात दिनभित्र स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ।
प्रतिक्रिया दिनुहोस्