वामपन्थी र प्रगतिशील शक्तिलाई एकताबद्ध हुन प्रचण्डको अपील काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी शक्तिहरुलाई एकताबद्ध हुन अपील गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा विज्ञप्ति जारी गर्दै उनले देशको आर्थिक विकास, समृद्धि र समाजवादउन्मुख संविधानको रक्षा, परिमार्जन तथा कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको एकता ऐतिहासिक आवश्यकता भएको उल्लेख गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्