गुटगत क्रियाकलापलाई मान्यता दिन सकिँदैन : प्रधानमन्त्री ओली काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भइरहेका गुटगत क्रियाकलापलाई कुनै हालतमा मान्यता दिन नसक्ने बताएका छन् । बल्खुमा बन्न लागेको पार्टी कार्यालय शिलान्यास गर्दै उनले पार्टीमा अनुशासन उल्लंघन गर्नेसँग सम्झौता गर्न नसक्ने उनको भनाई थियो। माधव नेपाल समूहमा रहेका नेताहरुसँगको छलफललाई लक्षित गर्दै उनले नेताहरुलाई सम्झाउन बुझाउन गरिरहेको प्रयासलाई कमजोरी नठान्न चेतावनी समेत दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्