एमाले भागबण्डाको आधारमा चल्दैनः अध्यक्ष ओली
काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत क्रियाकलापलाई मान्यता दिन नसकिने बताएका छन्। आज बल्खुस्थित पार्टी कार्यालय भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, "पार्टीभित्र गुटगत मान्यता दिन सकिँदैन। अराजकतासँग सम्झौता गरिँदैन। व्यक्तिगत तवरबाट कुरा गर्न सकिन्छ। अबदेखि भागवण्डाको आधारमा पार्टी चल्न सक्दैन।" अबको एमाले एक ढिक्का र अनुशासित संगठन बनाएर अघि बढ्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस्