अस्ट्रेलिया र भारतको संयुक्त साइबर परियोजना
एजेन्सी। अस्ट्रेलियाले बुधबार भारतसँग मिलेर तीनवटा साइबर परियोजना निर्माण गर्ने घोषणा गरेको छ। यसको उद्देश्य सुरक्षित तथा समृद्ध अस्ट्रेलिया, हिन्द-प्रशान्त र विश्व रहेको उसको भनाइ छ।अस्ट्रेलियाका विदेशमन्त्री मारिज पायनेले भने, "रणनीतिको केन्द्रमा साइबर तथा महत्वपूर्ण प्राविधिक कूटनीतिलाई प्राथमिकता र बढावा दिनु रहेको छ। हामी यसलाई आसियान क्षेत्रीय मञ्च, क्वाड तथा प्यासिफिक आइल्यान्डजस्ता फोरमबाट अघि बढाउने छौं।"
प्रतिक्रिया दिनुहोस्