एमालेको भोलि बस्ने बैठकमा नेपाल समूहको सहभागिता हुन सक्ने
काठमाडौं। नेकपा एमालेका कार्यालय सचिव ईश्वरी रिजालले भोलिको केन्द्रीय कमिटी बैठकमा नेपाल समूहको सहभागिता हुन सक्ने बताएका छन्। थापाथलीस्थित नयाँ पार्टी कार्यालयको शुभारम्भ कार्यक्रममा पत्रकारसँग रिजालले भने, "बुधवार साँझको छलफलमा अध्यक्ष र नेपालले आ–आफ्नो कुरा राख्नु भयो। अब असहमतिलाई औपचारिक रुपमा बैठकमा दर्ता गराउनु पर्छ। त्यसैले नेपाल समूहको सहभागिता हुन सक्छ।" एमालेको केन्द्रीय कमिटी बैठक भोलि वोलाइएको छ।
प्रतिक्रिया दिनुहोस्