नेपाल समूहका सांसदले स्पष्टीकरण बुझाए
काठमाडौं। माधव नेपाल समूहका ३२ जना सांसदहरूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज स्पष्टीकरण बुझाएका छन्। एमाले अध्यक्ष ओलीले बैशाख ६ गते अलगै पार्टी गतिविधि किन सञ्चालन गरेको भन्दै २७ जना संघीय र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेका थिए। सांसद जयकुमार राईले पार्टी विरोधी गतिविधि नगरे पनि सोधेपछि कसैले इमेलमार्फत र कसैले लिखित स्पष्टीकरण बुझाएको बताए।
प्रतिक्रिया दिनुहोस्