सुरेन्द्र पाण्डेको स्पष्टीकरणः ओलीका कदम विधान विपरीत, कम्युनिस्ट आन्दोलन समाप्त पार्ने प्रकृतिका काठमाडौं। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आज एमाले अध्यक्ष ओलीलाई स्पष्टीकरण बुझाएका छन्। स्पष्टीकरणमा अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टी विधान विपरीत गतिविधि गरेको आरोप लगाइएको छ। आज बुझाइएको स्पष्टीकरण पत्रमा लेखिएको छ, “केपी ओलीले चालिरहेका कदमहरू पार्टी विधान विपरीत त छन् नै, त्योभन्दा बढी कम्युनिस्ट आन्दोलन समाप्त पार्ने प्रकृतिका भएकाले सबै प्रक्रिया रोकेर पार्टीलाई एकताबद्ध बनाउन पहल गर्न आवश्यक छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्