एमाले एकताका लागि माधव समूहका १५ नेताको अपिल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा एमाले नेता माधव नेपाल र झलनाथ खनालसहित १५ जना नेताले पार्टी एकताका लागि अपिल गरेका छन्। अपिल पत्रमा पार्टीमा देखिएको संकटका लागि अध्यक्ष केपी शर्मा ओली नै जिम्मेवार रहेको ठहर गरिएको छ। पत्रमा लेखिएको छ, “७२ वर्षको मिहिनेतले निर्माण भएको कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्न सबैले आ-आफ्नो ठाउँबाट प्रयास गरौं।”
प्रतिक्रिया दिनुहोस्