प्रधानमन्त्री र माधव नेपालले होटल मेरियटबाटै हेरे धरहरा काठमाडौं। वान-अन-वान वार्तामा रहेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले धरहराको अवलोनकन गरेका छन्। वार्ता गरिरहेको नागपोखरीस्थित होटल मेरियटको भेटघाट कक्षको झ्यालबाटै दुवैले धरहराको दृश्यावलोकन गरेका हुन्। नवनिर्मित धरहराको यही बैशाख ११ गते उद्घाटन गरिँदै छ। धरहराको निर्माण कार्य सम्पन्न भए पनि अन्य संरचना भने बन्न बाँकी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्