सरकारसँगको वार्ताबारे आफूनिकटका सांसदसँग महन्थ ठाकुरको ब्रिफिङ्ग
काठमाडौं। सरकारसँग भइरहेको संवादबारे जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू निकटका सांसदहरूसँग ब्रिफिङ्ग गरेका छन्। आज सिंहदरबार गएका अध्यक्ष ठाकुरले उपलब्ध १२ जना सांसदहरूलाई पार्टीमा देखिएको जटिलता र सरकारसँग भइरहेको वार्ताबारे ब्रिफिङ्ग गरेका हुन्। महन्थ निकट नेता डा. सुरेन्द्र झाले भने, “काठमाडौंमा उपलब्ध ११/१२ जना सांसदहरूसमक्ष सरकारसँगको वार्ता र पार्टी विभाजनबारे फैलिरहेको हल्लाबारे केही कुराहरू राख्नुभएको छ।”
प्रतिक्रिया दिनुहोस्