दुई दिनमा साढे ४ घण्टा वन-टु-वन वार्ता, तैपनि मिल्न सकेनन् अध्यक्ष ओली र नेता नेपाल काठमाडौँ। प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच आज पनि भएको भेटवार्ता निष्कर्षविहीन भएको छ। दुवै नेता बुधबार र बिहीबार वन-टु-वन वार्तामा बसेता पनि मिल्न भने सकेका छैनन्। नेपालले “बोल्नुपर्ने गरी केही प्रगति भएको छैन” भन्ने प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले चाहिँ माधव नेपालले अध्यक्ष ओलीसँग मिलेर जाने बताएको दाबी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्