एमाले महाधिवेशन आयोजक समितिको बैठक बस्दै
काठमाडौं। आन्तरिक विवादमा रहेको एमालेको महाविधेशन आयोजक समितिको बैठक आज बस्दैछ। बैठकमा माधवकुमार नेपाल समूह जाने÷नजाने टुंगो लागेको छैन। यसअघि ६ गतेको बैठकमा नेपाल पक्ष सहभागी भएको थिएन। बिहान ११ बजे बालुवाटारमा बस्ने बैठकमा नेपाल पक्षका सांसदमाथि सोधिएको स्पष्टीकरणको जवाफमाथि समेत छलफल हुनेछ। विवाद समाधानका लागि अध्यक्ष केपी ओली र नेपाल पक्षबीच भएको छलफल निश्कर्षमा पुग्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस्