कांग्रेस जिल्ला कार्यसमिति बर्दियाको संयुक्त राजीनामा बर्दिया। नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाले संयुक्त राजीनामा दिएका छन्। सदस्यता नवीकरणको काम भइरहेको बेला अराजक समूहले हातपात गरी पार्टी कार्यालयमा तालाबन्दी गर्ने जस्तो घृणित र अनुशासनहीन कार्य गरेको हुँदा काम गर्न नसक्ने भन्दै कार्यसमितिले राजीनामा दिएको प्रेश विज्ञप्तमा उल्लेख छ। पार्टीको १४ औँ महाधिवेशन अइरहेको बेला अराजकता देखाएकाले काम गर्न सक्ने अवस्था नरहेको विज्ञप्तिमा जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्