राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काको पद खारेजी काठमाडौं। माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काको पनि सांसद पद खारेज हुने भएको छ। खड्काले दल त्याग गरेको सूचनासहितको पत्र माओवादी केन्द्रले संघीय संसद सचिवालयमा आज दर्ता गरेपछि पद खारेज हुने भएको हो। यस्तो सूचना संसद अधिवेशन चलेको अवस्थामा १५ दिनभित्र संसदको बैठकमा सुनाउने र अधिवेशन नभएको अवस्थामा सूचना निकाल्नुपर्ने प्रावधान छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्