पार्टीकाे सबै कमिटीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने अनेमसंघको माग काठमाडौं। एमाले भातृ संगठन अनेमसंघले पार्टीका सबै तहका कमिटिहरुमा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागिता हुनु पर्ने माग राखेको छ। अनेमसंघले तीनै तहको निर्वाचनमा उम्मेदवारी चयनमा पनि महिलाको सहभागिता अनिवार्य हुनु पर्ने माग गरेको छ। शुक्रबार एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा यो सुझावसहितको प्रस्ताव पेश गरेको एमाले केन्द्रीय कमिटी सदस्य एवं अनेमसंघकी सचिव सुजिता शाक्यले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्