![](https://www.dekhapadhi.com/uploads/posts/1619196806.CPN UML Sthai Committee - Nepal Communist Party - Standing Committee.jpg)
एमाले स्थायी कमिटीमा कोही महिला नेता अटाएनन्
काठमाडौँ। नेकपा एमालेको आज गठन भएको १९ सदस्यीय स्थायी कमिटीमा एकजना पनि महिला प्रतिनिधित्व नभएपछि चर्को आलोचना भएको छ। केही महिनाअघि मात्र प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका हरेक कमिटीमा ३३ प्रतिशत महिला सहभागिता पुर्याउने घोषणा गरेका थिए तर आज गठित स्थायी कमिटीमा कोही महिला सदस्य नभएपछि पार्टीका महिला नेत्रीहरूले यसलाई तत्कालै सच्याउन नेतृत्वलाई दवाब दिएका छन्।
प्रतिक्रिया दिनुहोस्