उपनिर्वाचन जित्न गृहमन्त्री बादललाई कति सहज?
काठमाडौं। आगामी जेठ ६ मा राष्ट्रियसभा सदस्यको निर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई जित्न सहज छ। बागमती प्रदेश र स्थानीय दुवै तहमा नेकपा एमालेको बहुमत छ। निर्वाचनमा प्रदेशका सबै प्रदेशसभा सदस्य, स्थानीय तहमा प्रमुख÷उपप्रमुखले मत दिन पाउँछन्। सबैको मतभार सङ्ख्या जोड्दा २३९ हुन्छ। एमालेका सबैले मत दिएमा ५७ मत बादलले पाउनेछन् तर माधव समूहले ‘फ्लोर क्रस’ गर्दा केही असहज हुने भने देखिन्छ।
प्रतिक्रिया दिनुहोस्