कोभिड नियन्त्रणमा सबै कमिटी परिचालित गर्ने एमालेको निर्णय
काठमाडौं। एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभरीका पार्टी कमिटीलाई परिचालित हुन निर्देशन दिएका छन्। आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा यस्तो निर्देशन दिएका हुन्। बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, "केन्द्रदेखि स्थानीय तहसम्मका कमिटीलाई डेस्क स्थापना गर्न, विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने र क्वारेन्टाइन निर्माण गर्न, स्थानीय तह र जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वयनमा काम गर्न निर्देशन दिएको हो।"
प्रतिक्रिया दिनुहोस्