'फ्लोर क्रस' गरेका चार सांसद पदमुक्त गर्ने पत्र दर्ता काठमाडौं। फ्लोर क्रस गरेका चारजना सांसदलाई प्रदेशसभा सदस्यबाट नेकपा एमालेले निष्कासन गरेको छ। प्रदेशसभामा निष्कासनको पत्र दर्ता गरिएको छ। पदमुक्त हुने प्रदेशसभा सदस्यहरूमा प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन्। सरकारमा प्रकाश ज्वालाबाहेक तीनैजना मन्त्री छन्। वैशाख १० गते बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले सांसद र पार्टीको साधारण सदस्य नहुने गरी निष्कासन गर्ने निर्णय गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्