के होला मुख्यमन्त्री गुरुङको पद ? काठमाडौं सोमबारदेखि सुरू हुने गण्डकी प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएको छ। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रस्ताव पेश गर्ने र छलफल हुने निर्णय गरेको हो। अविश्वासको प्रस्तावमाथि मतदान भने बैशाख १५ गते हुने बताइएको छ। अविश्वासको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्