बहुमतको ग्यारेन्टी नभएसम्म कांग्रेसले अविश्वास प्रस्ताव नल्याउनेः निधी काठमाडौं। बहुमत संख्या ग्यारेन्टी नभएसम्म नेपाली कांग्रेसले अविश्वास प्रस्ताव नल्याउने भएको छ। बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि उपसभापति बिमलेन्द्र निधीले भने, "संख्याको ग्यारेन्टी नभएसम्म अविश्वासको प्रस्ताव ल्याउनु बुद्धिमानी हुँदैन।" अविश्वास प्रस्ताव फेल भए एक वर्षसम्म ल्याउन नपाइने र आफैं खाडलमा फसिने डरले प्रस्ताव नल्याएको उनले बताए। पूर्ण तयारी गरेर मात्र प्रस्ताव ल्याउने उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्