राष्ट्रियसभा सदस्यका लागि जेठ ६ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत काठमाडौं। आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। स्वीकृत कार्यक्रमअनुसार वैशाख २१ गते मतदाता नामावली प्रकाशन तथा दावी विरोध, वैशाख २२ र २३ गते उजुरीमाथि छानविन, वैशाख २३ गते अन्तिम मतदाता नामावली प्रकाशन, वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता, वैशाख २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्