मन्त्रिपरिषद बैठक आज बस्दै, लकडाउनबारे निर्णय हुनसक्ने काठमाडौं। आज मन्त्रिपरिषदको बैठक बस्दै छ। साँझ ५ बजे बस्ने बैठकमा कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणका विषयमा छलफल हुने कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिइन्। आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ। सरकारले सीसीएमसीको सिफारिसबारे निर्णय गर्ने सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्