कोरोना महामारीसँग लापर्वाही नगरौं :अर्थमन्त्री
काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढंगले फैलनसक्ने आंकलन गरिएको बताएका छन्। नागरिकको जीवन र जीविकाको रक्षा सरकारको प्राथमिकतामा रहेको उनले बताए। लापरबाही नगरी कोभिड विरुद्ध लड्न पौडेलले सबैलाई आग्रह समेत गरेका छन्। उनले बैंक तथा वित्तिय संस्थाहरुको समस्या समाधानमा आएका सुझावहरुमध्ये आगामी आर्थिक वर्षको बजेट निमार्ण गर्दा जायज र सम्भव भएका सुझावहरुलाई ग्रहण गरिने बताए।
प्रतिक्रिया दिनुहोस्