काठमाडौंमा उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा लागू हुने काठमाडौं। काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ। आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकमा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने सहमति भएको हो। भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, "निषेधाज्ञा लगाउने सम्भावना छ, ड्राफ्ट बनिरहेको छ। " हिजो आइतबार सीसीएमसीको बैठकले पाँच सयभन्दा बढी कोरोना संक्रमित जिल्लामा निषेधज्ञा लगाउन मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्