माधव नेपालसहित चार नेताको मुद्दा ६ नम्बर पेशीमा काठमाडौं। एमाले नेता माधव नेपालसहितका चार नेताले दायर गरेको रिट सर्वोच्च अदालतको पेशीमा चढेको छ। हिजो उक्त रिट सुनुवाइका लागि न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा परेको थियो। आज उनकै इजलासमा सुनुवाइका लागि ६ नम्बर पेशीमा तोकिएको हो। एमाले अध्यक्ष ओलीले विधान विपरीत गरेका निर्णय फिर्ता हुनुपर्ने माग गर्दै माधव नेपालसहित, सुरेन्द्र पौडेल, भीम रावल र घनश्याम भुसालले रिट दर्ता गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्