हुम्लामा दल त्यागको कारबाही वडासम्मै
सिमकोट। नेकपा माओवादी केन्द्र हुम्ला अदानचुली गाउँ कमिटीले वडाध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारबाही गरेको छ। सोमबार बसेको गाउँ कमिटी सचिवालय बैठकले अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष रग थापा र सदस्य वर्ष महतारालाई निर्वाचित पद रिक्त रहनेगरी कारवाही गर्न सिफारिस गरेको हो। गाउँ कमिटी अध्यक्ष हरिदल पुनको अध्यक्षतामा बसेको बैठकले माओवादी केन्द्र त्यागेर (नेकपा एमाले)मा लागेको भन्दै कारबाही गरेको हो।रासस
प्रतिक्रिया दिनुहोस्