गण्डकी प्रदेशसभा बैठकमा एमाले सांसदहरुको अवरोध
पोखरा। गण्डकी प्रदेशसभाको बैठकमा सत्तारुढ नेकपा एमालेले सांसदहरुले अवरोध गरेका छन्। कोरोना संक्रमण परीक्षण नगरी बैठक बोलाएको भन्दै एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले सुरुमै ध्यानाकर्षण गराएपनि सुनुवाइ नभएपछि बैठक अवरोध गरेको एमाले सांसद राजीव पहरीले बताए। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा आज छलफल भइरहेको छ। अवरोधपछि बैठक स्थगित भएको छ।
प्रतिक्रिया दिनुहोस्