नयाँ सरकार बने पनि केही उत्पात हुँदैन : रामनारायण बिडारी काठमाडौं। राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले नयाँ सरकार बने पनि केही उत्पात नहुने बताएका छन्। आज उनले देखापढीसँग भने, “संसद विघटन हुनुभन्दा ओली नै प्रधानमन्त्री रहनु ठिक हुन्छ। सरकार परिवर्तन भए पनि जनताका लागि खासै परिवर्तन हुँदैन।” कोरोना महामारी नियन्त्रणमा सरकारले पर्याप्त ध्यान दिन नसकेको उनले आरोप लगाए। प्रचण्डकै कारण गणतन्त्र आएको भन्दै विदशी शक्तिको आडमा नेपालमा उथलपुथल भइरहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्