राष्ट्रियसभा उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त काठमाडौं।आगामी जेठ ६ गते हुने वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ। राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा उनलाई नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ। उनलाई वैशाख १६ गतेबाट लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्