गण्डकी प्रदेशसभाको बैठक नियमित बस्ने, रिपोर्ट पोजिटिभ आए बोल्न नपाउने काठमाडौं। गण्डकी प्रदेशसभाको बैठक नियमित बस्ने भएको छ। सांसदहरूको कोरोना परीक्षण गर्ने समझदारी भएपछि बैठक नियमित बस्ने भएको हो। एमालेका सांसद राजिव पहरीले भने, “पीसीआर परीक्षणको नतिजा आएपछि बैठक बस्नेछ, पोजिटिभ रिपोर्ट आउनेले बोल्न नपाउने र निगेटिभ आउने बोल्न पाउँछन्।” भोलि दिउँसो १ बजे फेरि प्रदेशसभा बैठक बस्नेछ। कोरोना परीक्षण गर्नुपर्ने माग गर्दै सत्तारूढ एमालेका सांसदहरूले बैठक अवरुद्ध गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्