सर्वोच्च अदालतले आजदेखि सेवा कटौती गर्ने काठमाडौं। सर्वोच्च अदालतले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ। सर्वोच्चको मंगलबार बसेको प्रधानन्यायाधीशसहितको पूर्ण बैठकले बैशाख पन्ध्रदेखि बैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो। संक्रमण अवधिभर बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धी अत्यन्त जरुरी प्रकृतिका रिट मात्र हेरिने सर्वाेच्चले जनाएको छ।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्