![](https://www.dekhapadhi.com/uploads/posts/1618478423.Gandaki Pradesh Sabha - Province Assembly.jpg)
गण्डकी प्रदेशसभाका तीन सांसदमा कोरोना संक्रमण पुष्टि
गण्डकी। गण्डकी प्रदेशसभाका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। एमालेका राजिव पहाडी, नेपाली कांग्रेसकी मनकुमारी गुरुङ र एमालेकी प्रभा कोइरालामा कोरोनाको संक्रमण पुष्टि भएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ। आज हुने प्रदेशसभाको बैठकमा संक्रमित सांसदहरुले बोल्न भने पाउने छैनन्। तर अविश्वासको प्रस्तावमाथि मतदान भने गर्न पाउनेछन्। त्यसैगरी प्रदेशसभाका दुई कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया दिनुहोस्