गण्डकी प्रदेशसभा बैठक: सरकारमाथिको अविश्वासको प्रस्ताव जनतालाई कात्रो बनेर आयो
पोखरा। नेकपा एमालेका सांसद कृष्णबहादुर थापाले सरकारविरुद्ध आएको अविश्वासको प्रस्ताव कोरोना संकटमा जनताका लागि कात्रो बनेर आएको बताएका छन्। प्रदेशसभाको विशेष अधिवेशनमा बोल्दै उनले भने, "कोरोनाका विरामीका लागि अक्सिजन र भेन्टिलेटर लिएर आउनुपर्नेमा यो अविश्वासको प्रस्तावले कात्रो लिएर आएको छ।" अहिलेको गठबन्धन आग्रह पूर्वाग्रहले प्रेरित अप्राकृतिक गठबन्धन भएको उनको आरोप छ।
प्रतिक्रिया दिनुहोस्