प्रदेश सांसद पियारी थापा भन्छिन- सिंहदरवारको भुसको आगो गण्डकी प्रदेशमा पुग्यो
पोखरा। राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले सिंहदरबारमा लगाइएको भुसको आगोको प्रभाव गण्डकी प्रदेशमा परेको बताएकी छिन्। प्रदेशसभाको विशेष अधिवेशनमा उनले भनिन्, "यो सिंहदरबारमा लागेको भुसको आगोको परिणाम नै हो। यो बिडम्बना र दुखद छ।" जनताको अभिमतलाई सरकारले लत्याएको उनको आरोप छ। उनले गण्डकी प्रदेशको सरकार गठनलाई आफ्नो बनिबनाउ घरमा आगो लगाएर छिमेकीसँग रोदन गरिरहेको परिस्थितिसँग तुलना गरिन्।
प्रतिक्रिया दिनुहोस्