हराएका सांसद अस्पतालको आइसीयु वार्डमा
पोखरा। गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही अस्पतालमा भेटिएका छन्। पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आइसीयुमा उनी भेटिएका हुन्। उनी आजै बिहान भर्ना भएको अस्पतालले जनाएको छ। हिजो गरिएको कोरोना परिक्षणमा भने शाहीको रिपोर्ट नेगेटिभ आएको थियो। सांसद शाहीको खोजिको माग गर्दै प्रदेशसभामा निवेदन परेपछि आजको प्रदेशसभा बैठक स्थगित भएको थियो।
प्रतिक्रिया दिनुहोस्