ट्युमरको शल्यक्रियाका लागि पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना हुदै काठमाडौं । जसपा संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि आज अस्पताल भर्ना हुने भएका छन्। भोलि शल्यक्रिया हुने भएपछि डा.भट्टराई आजै वीर अस्पतालमा भर्ना हुनेछन्। डा. सुबोध अधिकारी नेतृत्वको टोलीले उनको शल्यक्रिया गर्नेछ। यसअघि दिल्लीमा परीक्षणका क्रममा चिकित्सकले ट्युमरमा क्यान्सर नभएको पुष्टि गर्दै छिटो शल्यक्रिया गर्न सुझाव दिएका थिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्