जनमोर्चाको आरोपः सासंद खिमविक्रम शाहीलाई बन्दी बनाइयो
काठमाडौं। राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभाका सांसद खिमविक्रम शाहीको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। पार्टी उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका नेता तथा संसादहरु कसैलाई पनि भेट्न नदिएको उल्लेख गरेकी छन्। विज्ञप्तिीमा भनिएको छ, “गण्डकी प्रदेशसभा सांसदको गतिविधिलाई हामीले अस्वभाविक रुपमा लिएका छौ।” शाही अनुपस्थित भएपछि मुख्यमन्त्रीविरुद्ध हुने अविश्वासको प्रस्तावमाथिको मतदान रोकिएको थियो।
प्रतिक्रिया दिनुहोस्