देउवा र ओली मिलेर देशमा विकृति फैलाएः पौडेल काठमाडौं। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकृति फैलाएका आरोप लगाएका छन्। पौडेलले भने, “पार्टिभित्र पनि देशको राज्यभित्र पनि जुन खेलहरु खेलिरहेका छन् यसले चिन्तित बनाएको छ।” लोकतन्त्र मर्यादापूर्ण व्यवस्था र जीवन पद्धति भएपनि यसको मूल्य मान्यताप्रति सरकार र पार्टी नेतृत्व दुवैले वास्ता नगरेको पौडेलको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्