सांसद खिमबिक्रम शाहीको स्पष्टोक्ति, बिरामी भएर अस्पताल गएको हुँ
पोखरा। सांसद खिमबिक्रम शाहीले सदनमा जाने तयारी गरिरहँदा अचानक बिरामी भइ अस्पताल गएको स्पष्ट पारेका छन्। आज प्रेस विज्ञप्तिमार्फत सांसद शाहीले पूर्ण स्वस्थ भएपछि थप स्पष्ट पार्ने बताएका छन्। "संसदीय दलको निर्णयमा आफ्नो समर्थन रहेको र पार्टी निर्णयप्रति प्रतिबद्धता कायमै रहेको छ," उनले भने। मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने प्रदेशसभाको बैठकमा उपस्थित नभएपछि उनीबारे विभिन्न प्रश्न उठेका छन्।
प्रतिक्रिया दिनुहोस्