एमालेमा लागेका ७ जना जनप्रतिनिधि माओवादी केन्द्रबाट निष्कासित रौतहट। माओवादी केन्द्रले एमालेमा लागेका रौतहटका ७ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको छ। एमालेमा लागेका कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा, मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साह, उपप्रमुख गौरीशंकर जयसवाल, यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साह, माधवनारायण नगरपालिकाका उपप्रमुख सिमल साह, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्तिदेवी साह र देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवीलाई पार्टीबाट निष्कासन गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्