उपनिर्वाचनको लागि आयोगले दियो दलहरुलाई चुनाव चिन्ह काठमाडौं। निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन प्रयोजनको लागि आज दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ। निर्वाचनमा सहभागी भएका नेपाल मजदुर किसान पार्टीलाई मादल, नेकपा (एमाले)लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई गोलाकार भित्र हँसिया हथौडा चिन्ह प्रदान गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्